एसी मिलान र इन्टर मिलान बराबरीमा रोकियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ फागुन १४, शनिबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

फागुन १४, काठमाडौं । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको एसी मिलान बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा मिलानले उडीनेजेसँग १-१ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा मिलान रोकिएको हो । खेलको २९ औं मिनेटमा राफायल लियोले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । तर, खेलको ६६ औं मिनेटमा डेस्टिननी उडोगियोले गोल गर्दै उडीनेजेलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

यस बराबरीसँगै मिलानले २७ खेलमा ५७ अंक जोडेको छ । मिलान शीर्ष स्थानमा रहेको छ । उडीनेजे २६ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

यस्तै, अर्को खेलमा साविक विजेता इन्टर मिलान जिनोआसँग गोलरहित बराबरी खेलेको छ । शुक्रबार राति जिनोआको मैदानमा पाएको मौकामा गोल गर्न नसक्दा इन्टर बराबरीमा रोकिएको हो ।

इन्टरले २६ खेलमा ५५ अंक जोडेको छ । इन्टर दोस्रो स्थानमा रहेको छ । जिनोआ १७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस