युक्रेन आक्रमणको निन्दा, रुसद्वारा भिटो प्रयोग

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ फागुन १४, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन १४, एजेन्सी । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् बैठकमा युक्रेन आक्रमणसँग जोडिएको एक प्रस्तावमा रुसले भिटो प्रयोग गरेको छ । युक्रेनविरुद्धको आक्रमणमा निन्दा गर्ने प्रस्तावमाथि रुसले भिटो प्रयोग गरेको हो ।

उक्त प्रस्तावको पक्षमा ११ देशले मतदान गरेका थिए । सुरक्षा परिषद्को स्थायी सदस्य रुसले आफ्नो भिटो अधिकार प्रयोग गरेको हो । भारत, चीन र युएई भने मतदानमा सहभागी भएनन् । सुरक्षा परिषदमा रुसी दूतले रुसले युक्रेन वा युक्रेनका नागरिकमाथि आक्रमण नगरेको दाबी गर्दै डोनबासका बासिन्दालाई बचाउन यस्तो कदम चालिएको बताएका छन् ।

यसैबीच गएरातिसम्म रुसले युक्रेनका कयौँ क्षेत्रमा हवाई आक्रमण गरिसकेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रुसी सेना राजधानी किभमा छिरिसकेको छ । किभमा युक्रेनले रुसी सैनिकको एउटा ठूलो जहाज खसालिदिएको बताएको । तर‚ रुसले भने युक्रेनकै जहाज दुर्घटनामा परेको दाबी गरेको छ ।

रातभरमा युक्रेनमा के कति आक्रमण र क्षति भयो भन्ने विवरणहरु भने सार्वजनिक भएका छैनन् । अमेरिका‚ बेलायत तथा युरोपेली संघले रुसमाथि कडा आर्थिक प्रतिबन्ध घोषणा गरेका छन् । साथै‚ यी देशहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेइ लाभरोभविरुद्ध समेत प्रतिबन्ध लगाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस