सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन १४, शनिबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

फागुन १४,काठमाडौँ । सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुँदैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शनिबार साँझ छलफल हुन लागेको हो ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनका यी तीन दलबीच विवाद छ । कांग्रेस जसरी पनि एमसीसी पारित गर्नुपर्ने पक्षमा छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधनविना पारित हुन नहुने पक्षमा छन् ।

यही विषयलाई लिएर सत्तारुढ गठबन्धन टुट्ने सम्भावनासमेत बढेका बेला तीन नेता छलफलमा जुटेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस