एमसीसीलाई व्याख्यात्मक घोषणा गरिने ! आजै अनुमोदन गर्ने सत्ता गठबन्धनको निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन १५, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन १४,काठमाडौँ । सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको हो । बिहान बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिए।

उनका अनुसार एमसीसी विशुद्ध आर्थिक सहयोग हो, यो अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित छैन र नेपालको संविधानभन्दा माथि छैन भने व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने तयारी छ ।

आजै प्रतिनिधि सभाका दुई बैठक बसेर एमसीसी पारित गर्ने गठबन्धनको निर्णय छ । एमसीसीबारे अहिलेसम्म उठेका सबै आशंकाका विषयलाई समेटेर व्याख्यात्मक घोषणा तयार पारिएको पनि पौडेलले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस