खाने तेलको मूल्य आकाशियो,गुनासो आएपछि बजार अनुगमन शुरु

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ फागुन १७, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन १७,काठमाडौँ । खानेतेलको मूल्य फेरि बढ्न थालेको छ । रुस–युक्रेनबीच भएको युद्धलाई देखाएर बजारमा खानेतेलको भाउ बढ्न थालेको हो ।

व्यापारीले खाने तेलमा प्रतिलिटर १० देखि २० रुपैयाँसम्म धेरै मूल्य लिन थालेको उपभोक्ताको गुनासो छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताको गुनासो आएको र बजार अनुगमन थालेको जनाएको छ ।

मुख्यगरी सनफ्लावर तेलका लागि आवश्यक ९० प्रतिशतभन्दा धेरै कच्चापदार्थ युक्रेन र बाँकी रुसलगायतका देशबाट आपूर्ति हुने गरेको उद्योगीको भनाइ छ । तर कच्चापदार्थ नेपाल भित्रन ९० देखि एक सय २० दिनसम्म लाग्ने भएकाले तत्काल भाउ बढ्नु स्वाभाविक नभएको र यस बारेमा बजार अनुगमन थालेको विभागले जनाएको छ ।

विभागको बजार अनुगमन शाखाका निर्देशक हरि पङ्गेनीका अनुसार गएको माघदेखि नै बजारमा खानेतेलको भाउ बढेको पाइएको छ । त्यसमाथि रुस–युक्रेन युद्ध सुरु भएपछि व्यापारीलाई भाउ बढाउने बहाना भएको छ । तर तेल उत्पादनकर्ता उद्योगीले भाउ नबढेको बताएका र पुरानै कच्चापदार्थ तथा स्टक बजारमा रहेकाले भाउ नबढेको निर्देशक पङ्गेनीले जानकारी दिनुभयो ।

व्यापारीले बढी मूल्य लिएको पाइएमा प्रमाणसहित विभाग तथा मातहतका निकायमा जानकारी गराउन उहाँको आग्रह छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस