भारतीय गृहमन्त्री सिंहको जनकपुर भ्रमण रद्द, मुख्यमन्त्री योगी आउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर १, शनिबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर १,काठमाडौँ । भारतीय गृहमन्त्री राजनाथ सिंहको जनकपुर भ्रमण रद्द भएको छ ।

सिंह आगामी मंसिर २६ गते रामजानकी विवाहपञ्चमीको अवसरमा भारतको अयोध्याबाट जन्ती बनेर जनकपुर आउने कार्यक्रम थियो ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने कार्यक्रम स्थगित भएपछि गृहमन्त्री सिंह जनकपुर आउने निश्चित भएको थियो । तर उनी पनि नआउने निश्चित भएको जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

यद्यपी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ भने रामजानकी विवाहपञ्चमी महोत्सवमा सहभागी हुने जानकी मन्दिरका महन्थ रामरोशन दास वैष्णवले बताए ।

गृहमन्त्री सिंह नआउने भएपनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर आउने कार्यक्रम यथावत रहेको उनले बताए ।

शुक्रबार नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पूरीले जनकपुरमा आएर गृहमन्त्री सिंहको भ्रमण स्थगित भएको औपचारिक जानकारी गराएको थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस