नेता श्रेष्ठलाई भेट्न प्रचण्ड हात्तीवन पुगे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन १७, मंगलबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

फागुन १७,काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनको निवास हात्तीवन पुगेका छन् ।

अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी सम्झौता प्रतिनिसधसभाबाट अनुमोदन गर्ने पार्टीको निर्णयमा नेता श्रेष्ठ असन्तुष्ट छन् ।

एमसीसी पास गर्न नहुने अडान राख्दै आएका नेता श्रेष्ठले १२ बुँदे ब्याख्यात्मक घोषणालाई पनि स्वीकारेका छैनन् । यही विषयलाई लिएर मओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठबीच मतभेद बढेको छ ।

एमसीसीका विषयमा पार्टीभित्र असहमति राखिराखेका श्रेष्ठलाई भेट्न अध्यक्ष प्रचण्ड मंगलबार दिउँसो उनकै निवास गएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस