शहीद स्मारक ए डिभिजन लिग: मनाङ मर्स्याङ्दी २–० ले विजयी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ मंसिर १, शनिबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर १,काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ ।

आजबाट सुरु भएको दोस्रो चरणको खेलमा मनाङले न्यूरोड टिम एनआरटीमाथि २–० को जित निकालेको हो । मनाङले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

एपीएफ मैदान हलचोकमा भएको खेलमा मनाङका अञ्जन विष्टलाई एनआरटीका खेलाडीले लडाएपछि पाएको पेनाल्टी पाएको थियो । पेनाल्टीलाई अञ्जनले गोलमा परिणत गर्दै सुरुवाति अग्रता दिलाएका थिए ।

यसैगरी ३७औँ मिनेटमा मनाङका अफ्रिकन खेलाडी ओलावाले आफिजले दोस्रो गोल गरेका थिए । त्यसपछि थप गोल हुन नसकेपछि मनाङले तीन अंक जोड्न सफल भयो ।

पहिलो खेलमा पनि जित निकालेको मनाङले तालिकामा ६ अंक जोडेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस