रुसमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ फागुन २१, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन २१, काठमाडौँ । रूसले सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाएको छ । रूसले आफ्नो देशमा फेसबुक, ट्विटर‚ युट्युबलगायतमा प्रतिबन्ध लगाएको हो । युक्रेनमाथि जारी आक्रमणको विरोधमा रूसमा ठूला प्रदर्शनहरू बढेपछि उसले यी सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हो ।

यस्तै‚ रूसले आफ्नो सेनामाथि झुटा समाचार लेख्नेहरूविरुद्ध जेल सजायसमेत तय गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले सेनाविरुद्ध ‘फेक न्यूज’ प्रकाशन गरे १५ वर्ष जेल सजाय हुने एक विधेयकमा हस्ताक्षर गरेका छन् । उक्त विधेयकलाई बिहीवार रुसी संसदले पारित गरेको थियो ।

केही दिन यता रूसमा थुप्रै स्वतन्त्र सञ्चार माध्यमहरू बन्द भएका छन् । यस्तै‚ अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले पनि रूसमा आफ्नो काम बन्द गरेका छन् । बिबिसी, सिएनएन र ब्लुमबर्ग न्यूजले रूसमा काम गर्न छोडेका छन् ।

रूसले दशौँ दिनसम्म युक्रेनमाथि आक्रमण जारी राखेको छ । उसले ठूला सहर लक्षित आक्रमण तीव्र बनाएको अधिकारीहरूले बताएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस