इन्टरले सालेरनिटानालाई हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ फागुन २१, शनिबार (२ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

फागुन २१, काठमाडौँ । इटालियन सिरी ए फुटबलमा इन्टर मिलान फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इन्टरले सालेरनिटानालाई ५-० गोल अन्तरले हराएको हो ।

खेलको २२ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए । खेलको ४० औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दा इन्टरको अग्रता दोब्बर बन्यो ।

५६ औं मिनेटमा मार्टिनेजले ह्याट्रिक पूरा गर्दा इन्टर ३-० ले अघि रह्यो । खेलको ६४ औं मिनेटमा इडेन जेकोले गोल गरेपछि इन्टरले ४-० को अग्रता बनायो ।

त्यसपछि खेलको ६९ औं मिनेटमा जेकोले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ५-० को जित दिलाए ।

यस जितसँगै इन्टर शीर्ष स्थानमा उक्लिएको छ । इन्टरले २७ खेलमा ५८ अंक जोडेको छ । सालेरनिटाना १५ अंक जोडेर पुछारमा रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस