कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन २२, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २२, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आजको प्रतिनिधिसभा बैठकअघि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान साढे ११ बजेका लागि बैठक बोलाएका हुन् ।

कार्यव्यवस्थाको बैठकमा संसद् बैठकको कार्यसूचीबारे छलफल हुने जनाइएको छ । बैठकले कार्यसूचीलाई अन्तिम रूप दिनेछ । बैठकमा संसद्मा जारी अवरोध हटाउने विषयमा पनि छलफल हुनेछ ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस