कार्य सम्पादनमा जिल्लाकै उत्कृष्ट बन्यो धुनिवेसी नगरपालिका

Post Thumbnail

फागुन २२, काठमाडौ । आगामी आर्थिक वर्ष २०७९र८० मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकन गरेको छ ।

आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार धुनिवेशी नगरपालिका धादिङ जिल्लाकै उत्कृष्ट भएको छ । धुनिवेशीले आयोगको मुल्याङ्कनमा ५७.६४ अंक प्राप्त गरेर जिल्लाकै उत्कृष्ट भएको हो ।

पालिकाको कार्य सम्पादन मूल्याङ्कनको प्रभावकारी रुपमा जिम्मेवार बहन गर्ने सबै जनप्रतिनीधि र कर्मचालाई नगर प्रमुख बालकृष्ण आचार्यले धन्यवाद दिएका छन ।

पालिकाको प्रमुख तथा जनप्रतिनीधिहरुको सहयोगबाट नै उपलब्धी हासिल गर्न सकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले बताए । पालिकाको वित्तिय सेवालाई थप सुधार गर्दै लैजाने प्रशासकीय अधिकृत कँडेलको प्रतिवद्धता छ ।

आयोगको मुल्याङ्कन अनुसार सबैभन्दा कम प्राप्ताङ्क गल्छि गाउँपालिकाले पाएको छ । गल्छिले ३५ अंक पाएको हो । यस्तै ज्वालामुखी गाउँपालिकाले ५६.८७, रुबीभ्याली गाउँपालिकाले ५३.९२, बेनिघाट रोराङ गाउँपालिकाले ५३.८०, गँगाजमुना गाउँपालिकाले ५२.१० अँक प्राप्त गरेका छन् ।

यसैगरी निलकण्ठ नगरपालिकाले ५१.३८, सिद्धलेक गाउँपालिकाले ५१.१३, नेत्रावती डबजोङ गाउँपालिकाले ५०.१४, त्रिपुरासुन्दरी गाउँपालिकाले ४७।६६, खनियाबास गाउँपालिकाले ४६.१३, थाक्रे गाउँपालिकाले ४१.६४, र गजुरी गाउँपालिकाले ३७k९९ अँक प्राप्त गरेका छन् ।

आयोगले १८ फागुनमा कार्य सम्पादन मूल्याङ्कन सार्वजनिक गर्दै तथ्याङ्क र प्राप्ताङ्कमा परिमार्जन गर्न परे ठोस प्रमाण सहित ७ दिन भित्र कार्यविधि बमोजिम पुनरावलोकनका लागि पत्र पठाउन स्थानीय तहहरुलाई परिपत्र गरेको छ । आयोगले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ बमोजिम वार्षिक रुपमा मुल्याङ्कन गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस