माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन २३, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २३, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे अनुपम फुडल्याण्डमा बस्ने गरी बैठक आह्वान गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

यसअघि, आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठक आइतबारनै दिउँसो २ बजेका लागि सारिएको थियो । तर, बैठक बस्दै नबसी आजका लागि स्थगित गरिएको हो ।

गत शुक्रबारदेखि सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले धारणा राखेका थिए । बैठकका लागि विभिन्न ६ वटा एजेन्डा तय छ ।

आजको बैठकमा पदाधिकारी टुंग्याउने नेताहरूको तयारी छ । गतको पुस ११ देखि १३ गतेसम्म भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी टुंगिएको थियो ।

२३६ केन्द्रीय कमिटी मात्रै गठन भएको थियो । केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो । १५ सदस्यीय पदाधिकारीमा अध्यक्षमा मात्रै चयन भएका छन् ।

त्यसपछि बोलाइएका केन्द्रीय कमिटी बैठक कोरोना र राजनीतिक कारण देखाउँदै स्थगित गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस