युक्रेनी शहरमा फसेका गैरसैनिक व्यक्तिहरुलाई शहर छोड्नको लागि युद्धविराम

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ फागुन २३, सोमबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फागुन २३,काठमाडौँ । रुसले विभिन्न युक्रेनी शहरमा फसेका गैरसैनिक व्यक्तिहरुलाई शहर छोड्नको लागि युद्धविराम गरेको छ ।

सोमबार रुसले विभिन्न युक्रेनी शहरमा फसेका गैरसैनिक व्यक्तिहरुलाई शहर छोड्नको लागि नयाँ मानवीय कोरिडर खुल्ला गर्ने बताएको बीबीसीले जनाएको छ ।

युक्रेनको स्थानीय समय अनुसार विहान १० बजेदेखि युद्धविराम शुरु हुने रुसी रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

राजधानी किभ, खार्किभ, मारिपोल, सुमीलगायतका शहरहरु छाड्ने गैरसैनिक व्यक्तिहरुको लागि सहजताको लागि मानवीय कोरिडर खुल्ला गरिएको हो ।

यी शहरहरुमा रुसी सेनाले भिषण आक्रमण गरिरहेका छ । ती शहरमा अत्याधिक मात्रामा भौतिक क्षतिदेखि मानवीय क्षति भैरहेको छ ।

रुसले युद्धविरामसम्बन्धी धारणा सार्वजनिक गरे पनि युक्रेनले सो बारे केही खुलाएको छैन ।

एकहप्ताभित्र मरिपोलबाट गैरसैनिक व्यक्तिहरु शहर छाड्ने गरी आंशिक युद्धविराम भए पनि दुबैतर्फका गोलाबारीका कारणले भंग भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस