नेविसंघको लफडा मिलाउन कांग्रेसलाई सकस, आज २ बजे पुनः बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर २, आईतबार (५ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

मंसिर २, काठमाडौं । नेपाली कांग्रेसलाई नेपाल विद्यार्थी संघ (नेविसंघ) को लफडा मिलाउन निकै सकस परेको छ ।

नेविसंघको महाधिवेशन प्रत्येक दुई वर्षमा हुनुपर्ने भए पनि आन्तरिक विवादका कारण महाधिवेशन नभएपछि झन् रडाको मच्चिएको छ ।

पार्टीले महाधिवेशनका लागि तीन महिना समय थप गरेको थियो । थप तीन महिनामा पनि महाधिवेशन हुने सकेन । फेरि म्याद थप्ने नथप्ने बारे शीर्ष नेताहरुबीच विवाद भयो ।

कांग्रेस शीर्ष नेताहरुबीच नेविसघ भंग गर्ने कि यही कार्यसमितिलाई तदर्थ समिति बनाएर अधिवेशनको वातावारण बनाउने भन्ने बारे शनिबार रातिसम्म सहमति हुन नसकेपछि आइतबार (आज) दिउँसो २ बजेका लागि अर्को बैठक आह्वान गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस