नेष्डो समृद्ध लघुवित्तको आईपीओ आज बाँडफाँट हुँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ फागुन २४, मंगलबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

फागुन २४, काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर आईपीओ आज (म‌ंगलबार) बाँडफाँट हुँदैछ । लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटले आज दिउँसो १ बजे आईपीओको बाँडफाँट हुने जनाएको छ ।

लघुवित्तले फागुन ११ गते देखि १५ गतेसम्म जारी पूँजी २५ करोड ५० लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता सेयर निष्कासन गरेको थियो ।

जसमा १२ हजार ७५० कित्ता सेयर कर्मचारीलाई र ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणलाई वितरण हुनेछ ।

पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आईपीओमा २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७ सय कित्ता सेयरका लागि आवेदन परेको छ । जसअनुसार ७७ हजार ४५६ जनाले मात्रै सेयर पाउनेछन् । आईपीओ वितरणपछि लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस