वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले बढ्यो

फागुन २४, काठमाडौँ । वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार देखिएको छ । वाणिज्य बैंकहरुमा एक सातामा निक्षेप ११ अर्बले बढेको छ भने कर्जा लगानी ५ अर्बले बढेको छ । वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर बढाएपछि निक्षेप ह्वात्तै बढेको हो । लगानी भने अघिल्लो साता भन्दा १ अर्बले घटेको हो ।

नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार फागुन २० गतेसम्म कूल निक्षेप बढेर ४३ खर्ब २४ अर्ब पुगेको छ । फागुन १३ गतेसम्म कूल निक्षेप ४३ खर्ब १३ अर्ब थियो भने फागुन ६ गतेसम्म कूल निक्षेप ४३ खर्ब १२ अर्ब थियो । माघ मसान्तसम्म भने उक्त कूल निक्षेप ४३ खर्ब ११ अर्ब थियो ।

त्यस्तै कूल लगानी ५ अर्बले बढेको छ । फागुन २० गतेसम्म कूल लगानी ४१ खर्ब ७० अर्ब पुगेको एनबीएले जनाएको छ । उक्त लगानी फागुन १३ गतेसम्म ४१ खर्ब ६५ अर्ब र फागुन ६ गतेसम्म ४१ खर्ब ५९ अर्ब थियो । माघ मसान्तसम्म भने उक्त लगानी ४१ खर्ब ५५ अर्ब रहेको बैंकर्स संघको तथ्याङ्कमा उल्लेख छ ।

संम्बन्धित समचार

Leave a Reply