आइएमई जनरल इन्स्योरेन्सको थप २ सेवा शुरु

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ फागुन २४, मंगलबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

फागुन २४, काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले थप २ वटा सेवा शुरु गरेको छ । कम्पनीले आइजिआई हेल्थ प्लस बीमालेख र आइएमई इजि क्यासलेस क्लेम सेटलमेन्ट सेवाको शुभारम्भ गरेको हो ।

बीमा समितिमा अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख आतिथ्यतामा सोमबार उक्त सेवा शुरु गरिएको हो । कार्यक्रममा कम्पनीका अध्यक्ष हेमराज ढकाल, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, स्पार्क अटोकेयरका अध्यक्ष रोशन घिमिरे, प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ लगायतको उपस्थिति थियो ।

आइजिआई हेल्थ प्लस बीमालेखले दुर्घटना, स्वास्थ तथा घातक रोगको लागि एउटै छाता भित्र समेट्ने छ । यस अन्तर्गत परिवारको सम्पुर्ण सदस्यहरुको एउटै बीमालेख अन्तर्गत दुर्घटना बीमा, औषधी उपचार बीमा र घातकरोग बीमा समावेश गरिएको छ ।

त्यस्तै कम्पनीको ‘आइजिआइ इजि क्यासलेस क्लेम सेटलमेन्ट’ सेवा हाललाई काठमाडौं उपत्यका भित्र लागु हुनेछ । कम्पनीबाट आफ्नो निजी सवारी साधनहरुको बीमा गरेका ग्राहकहरुले कुनै पनि किसिमको दुर्घटनामा परी सवारी साधनको क्षति भएमा गुहेश्वरी मार्ग स्थित स्पार्क अटोकेयर प्राइभेट लिमिटेडको सहकार्यमा तोकिएका सेवा प्राप्त गर्न सकिनेछ ।

यसका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र अटोकेयरका अध्यक्ष रोशन घिमिरेले संझौतापत्रमा हस्ताक्षर गरि सेवाको शुरुवात गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस