‘टी प्लस टु’मा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ फागुन २४, मंगलबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

फागुन २४, काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले ‘टी प्लस टु’मा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही गर्ने बताएका छन् । लगानीकर्ताले धितोपत्र बोर्डमा उजुरी दिएमा सम्बन्धित ब्रोकरलाई तत्काल कारबाही हुने उनले बताए ।

अध्यक्ष हमालले आफ्नो दुई वर्षे कार्यकालमा नेपाल धितोपत्र बोर्डको आफ्नै भवन हुने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आफ्नै कार्यकालमा भवन निर्माणको कार्य अगाडी बढ्ने बताएका हुन् ।

शेयर बजार बढेको समयमा बोर्डको क्षमता बढाउन आवश्यक रहेको भन्दै हमालले सूचना प्रविधिमा पनि काम गर्ने बताएका छन् । उनले टीएमएसमा देखिएको समस्या साधान गर्ने, गुनासो व्यवस्थापन गर्न एप बनाउने बताएका छन् । कमोडिटी बजारलाई आवश्यक नियमावली, निर्देशिका बनाएर काम शुरु गर्ने हमालको योजना छ ।

कार्यक्रममा हमालले वित्तीय साक्षरता कम रहेको भन्दै अहिले १८.५ प्रतिशत रहेको वित्तीय साक्षरता बढाउनका लागि योजना अनुसार नै काम गर्ने बताए । नेप्से, सिडिएससी, ब्रोकर, मर्चेन्ट बैकर्ससँग मिलेर कार्ययोजना बनाएर काम गर्ने बताए । कार्यक्रममा हमालले बन्ड मार्केट, पुर्वाधार बन्ड सूचीकरण गर्ने योजना सुनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस