गठबन्धनको विरोध नगरी चुनावमा होमिन देउवाको निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन २४, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २४, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्बाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको पार्टीका शीर्षनेता र केन्द्रीय सदस्यको बैठकमा स्थानीयदेखि सङ्घीय तहसम्म हुन गइरहेको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने गरी काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

देउवाले सानातिना मतभेदलाई बिर्सेर पार्टीलाई बहुमत दिलाउन आग्रह गर्दै कांग्रेसको पक्षमा माहोल बनाउनुपर्नेमा जोड दिए । सभापति देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा वर्तमान सत्तारूढ गठबन्धनको विरोध नगर्नसमेत आग्रह गरेको बैठकमा सहभागी केन्द्रीय सदस्य नैनसिंह महरले बताए ।

कांग्रेसले आसन्न चुनाव लक्षित गरेर यही २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस