कोरोना संक्रमण भन्दा निको हुने धेरै, आज १९४ जनामा संक्रमण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन २४, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन २४, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप एक सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज पीसीआर र एन्टिजेन गरी कुल ६ हजार ३ सय ९४ जनाको नमुना परीक्षण गरिएको हो ।

सोही अवधिमा थप ३ सय ८४ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५९ हजार आठ सय १७ जना पुगेको मन्त्रालयले जनाएको छ । देशभर हाल ५ हजार ८ सय ७५ जना कोरोनाका सकृय संक्रमित छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ४९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै आज दुई लाख तीन हजार ६ सय २५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस