कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाले पत्रकार सम्मेलन गर्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन २५, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २५, काठमाडौं । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । आसन्न स्थानीय चुनावको तयारीबारे जानकारी दिने उद्देश्यले सभापति देउवाले पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

ललितपुर स्थित पार्टी केन्द्रीय कार्यालय सानेपाबाट अपराह्न ३ बजे देउवाले स्थानीय तह केन्द्रित चुनावी अभियान घोषणा गर्ने कार्यक्रम छ । पार्टीले फागुन २९ देखि चैत २९ सम्म एक महिने ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानको तयारी गरेको छ ।

घरदैलो अभियान तथा आगामी राणनीतिबारे जानकारी दिन सभापति देउवाले पत्रकार सम्मेनल गर्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । कांग्रेसले घरदैलो अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस