फागुन २५, काठमाडौँ । रुस र युक्रेनका विदेशमन्त्रीहरुबीच टर्कीमा भेटवार्ता हुने भएको छ । रुसको विदेश मन्त्रालयले दुई मुलुकका विदेशमन्त्रीहरुको बीचमा भेटवार्ता हुन लागेको पुष्टि गरेको हो ।
रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेपछि पहिलोपटक दुई मुलुकका शीर्ष अधिकारीहरुको बीचमा भेटवार्ता हुन लागेको हो । रुसका विदेशमन्त्री सर्गेई लाभारोभ र युक्रेनका विदेशमन्त्री दिमित्रो कुलोबाबीच टर्कीको अन्तल्यामा भेटर्वाता हुनेछ ।
टर्कीका विदेशमन्त्री मोभलट काभुसोग्लुको प्रस्तावमा यो वार्ता हुन लागेको हो । अहिलेसम्मको तयारीअनुसार बिहीबार रुस र युक्रेनका विदेशमन्त्रीहरुबीच वार्ता हुनेछ । शुक्रबार कूटनीतिक सम्मेलन हुने तयारी छ ।
अहिलेसम्म रुस र युक्रेनबीच केही चरणमा शान्ति वार्ता भए पनि अहिलेसम्म कुनै सम्झौता भने हुन सकेको छैन ।