शेयर बजारमा दोहोरो अकंको गिरावट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ फागुन २५, बुधबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

फागुन २५, काठमाडौं । शेयर बजार आज बुधबार दोहोरो अकंले घटेको छ । फागुन ११ गतेदेखि निरन्तर घटिरहेको बजारमा सोमबार १.५४ अंकको झिंनो सुधार देखिए पनि बुधबार पुनः बजार ३०.२९ अंकले घटेर नेप्से परिसूचक २५१४.६५ अंकमा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज २२९ कम्पनीका ४९ लाख ५९ हजार ९ सय १९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३५ करोड २३ लाख १७ हजार १ सय ४२ रुपियाँ बराबरको कारोबार भएको हो ।

यस्तै सेन्सेटिभ सूचक पनि ५.४६ अंकले घटेर ४८७.०७ विन्दुमा झरेको छ । भने सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक र फ्लोट इण्डेक्स २.१९ अंकले घटेको छ । घटेको बजारमा बुधबार सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १९८.५३ अंकले घटेको हो ।

घटेको बजारमा बुधबार सबैभन्दा बढी माउन्टेन इनर्जी नेपाल लिमिटेडको शेयर मूल्य ८.१० प्रतिशतले बढेको छ । बिशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ५.७८ प्रतिशतले घाटा ब्यहोरेका छन् ।

नेप्सेका अनुसार नेपाल दूरसञ्चार कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १० करोड ५२ लाख २१ ह्जार ५ सय ९९.५० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस