नेकपा (एस)को केन्द्रिय कमिटी बैठक सकियो, स्थानीय निर्वाचनमा सम्पूर्ण शक्ति केन्द्रीत गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन २६, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २६, काठमाडौ । विभिन्न समसामायीक निर्णय गर्दै नेकपा एकीकृत समाजवादीको तेस्रो केन्द्रीय कमिटी बैठक सकिएको छ । दुई दिनदेखि जारी केन्द्रीय समितिको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रीत गर्नेगरी कार्ययोजना पारित गरेको छ ।

साथै केही समसामयिक प्रस्ताव समेत बैठकले पारित गरेको छ । त्यस्तै अध्यक्ष माधवकुमार नेपालले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।

अध्यक्ष नेपालको प्रतिवेदनमाथि ९ समूह बनाएर छलफल गरिएको थियो । बैठकबाट १४ बुँदे समसामयिक प्रस्तावसमेत पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले एमसीसीका बारेमा आएका विचार र धारणालाई समेत पार्टीको सम्पत्तिका रुपमा राख्दै आवश्यक पर्दा छलफल गर्न सकिने निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस