भिमसेनगोलामा सेञ्चुरी बैंकको नयाँ शाखा सञ्चालनमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ फागुन २७, शुक्रबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

फागुन २७,काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरु माझ आफ्नो सेवा विस्तार गर्ने क्रममा बिहिबारदेखि काठमाडौंको भिमसेनगोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकका संचालक समिति सदस्य प्रा.डा. गीता प्रधानले बैंकको १२९ औं शाखाकोे समुद्घाटन गरी सेवा शुभारम्भ गरेकी थिइन् ।उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, संचालक मनबहादुर राई, सुनिल न्यौपाने, कायममुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । भिमसेनगोला शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २६ पुगेको छ ।

देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १२९ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २६ शाखारहित बैंकिङ्ग र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस