सुन चाँदीको भाउ बढ्यो,आज प्रतितोला कति छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ फागुन २७, शुक्रबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

फागुन २७,काठमाडौँ । आज सुन चाँदीको भाउ बढेको छ । तोलामा ६ सय रुपैयाँले बढेको सुनको भाउ आज तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दु एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको थियो । तर हिजो तोलामा ३५ सय रुपैयाँले भाउ घटेर एक लाख दुई हजार रुपैयाँमा झरेको थियो । रुस–युक्रेन युद्धको असर सुन बजारमा पनि परेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस