झन्डै तीन लाख युक्रेनी नागरिक हतियारसहित रुसी सेनासंग भिड्दै

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ फागुन २७, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २७,काठमाडौँ । रुसले आक्रमण गरेपछि झन्डै तीन लाख जना युक्रेनी नागरिकले हतियारसहित सेनालाई सघाइरहेका छन् ।

युक्रेनको सेनालाई सघाउन एक लाख जना युक्रेनमै रहेका नागरिक सैन्य गतिविधिमा संलग्न रहेको र थप दुई लाख जना युक्रेनी नागरिक युरोपका विभिन्न देशबाट स्वदेश फर्केर सेनालाई सघाइरहेको बीबीसीले जनाएको छ । रुसी सेनाले युक्रेनमा आक्रमण थालेपछि युक्रेनी सरकारले सेनालाई सहयोग गर्न नागरिकसँग आग्रह गरेको थियो ।

युक्रेनमा सेनालाई सहयोग गर्न चाहने जो कोहीलाई पनि सरकारले हतियार दिने गरेको छ । यसैबीच युक्रेनका रक्षामन्त्री एलेक्सेइ रेज्रिकोभले रुससँगको लडाइँमा अप्रशिक्षित नागरिकलाई अग्रपङ्क्तिमा नखटाउने घोषणा गरेका छन् । उनले सेनाको प्रशिक्षण नलिएका नागरिकलाई अग्रपङ्क्तिमा खटाउँदा क्षति धेरै हुने भएकाले तालिम प्राप्त सेनाको सहयोगीका रुपमा मात्रै खटाउने बताएको खबरमा उल्लेख छ ।

युद्धका क्रममा सेनाभन्दा धेरै नागरिक मारिएको भन्दै रक्षामन्त्री रेज्रिकोभले रुसको सामना गर्न तालिमप्राप्त र युद्धमा पोख्त सेना पर्याप्त रहेको भन्दै लडाइँको अग्रभागमा सेना नै रहने बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस