सिद्धलेकको कालिदह र कुम्पुर जोड्ने पक्की पुलको शिलान्यास

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७८ फागुन २७, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन २७,धादिङ । जिल्लाको सिद्दलेक गाउँपालिका–१ कालिदह र सिद्दलेक–१ कुम्पुर जोड्ने मोटरेबल पक्की पुल निर्माणको काम सुरु भएको छ ।

पुलको आज बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले अबको केही महिनाभित्रै पुल निर्माण सम्पन्न हुने बताए ।

मुख्यमन्त्री पाण्डेले पुलको मात्रै योजना भएकोले वारी र पारीको बाटोको पनि तत्काल योजना बनाएर काम गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस