‘सहकारीमार्फत लगानी गरेर कृषिको विकास गरौँ ‘ : सुमार्गी

  • अनलाइन केन्द्र
  • / कर्पोरेट /
  • २०७८ फागुन २७, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २७,रोल्पा । कृषि उद्यम केन्द्रका सभापति तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले कृषिको उदारिकरण गर्न आवश्यक रहेको बताएका छन् ।

रोल्पा उद्योग बाणिज्य महासंघको १८ औँ बार्षिक साधारण सभामा सम्बोधन गर्दै सुमार्गीले ९० प्रतिशत नागरिक कृषिमा आधारित भएको कारण राज्यले कृषिमा लगानी बढाउनु पर्नेमा जोड दिए ।

उनल सहकारीमार्फत कृषिमा लगानी गरेर कृषिको विकास सम्भव रहेको बताए । सुमार्गीले सहकारीमार्फत कृषिमा लगानी गरेर प्रविधिको उच्चतम प्रयोग गरेमात्रै नेपाल उत्पादनमा अघि बढ्ने बताए । उनले कृषि क्रान्तीको लागी सरकारले निजी क्षेत्रसंग मिलेर अघि बढ्न सुझाव दिएका छन् ।

अर्थमन्त्री जनार्दन शर्मा समेत सहभागी कार्यक्रममा सुमार्गीले सो धारणा राखेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस