पोर्चुगल युइएफए नेशन्स लिगको सेमिफाइनलमा

मंसिर २, काठमाडौं । पोर्चुगल युइएफए नेशन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लिगको समूह चरणअन्तर्गत गएराति भएको समूह ए थ्रीको खेलमा घरेलु टोली इटालीलाई गोलरहीत बराबरीमा रोक्दै पोर्चुगल समूहको विजेताको रुपमा अन्तिम चारमा पुगेको हो ।

उसले तीन खेलबाट सात अंक जोडेको छ भने आफ्ना चारै खेल खेलेको इटालीको पाँच अंक मात्र छ ।

पोर्चुगलले आगामी मंगलबार रेलिगेसनमा परेको पोल्यान्डसँग प्रतिस्पर्धा गर्र्दै छ । पोल्यान्ड तीन खेलबाट मात्र एक अंक जोड्न सफल भएको छ ।

यसैगरी समूह बी टु मा रहेको स्वीडेनले टर्कीलाई १–० ले पराजित गरेको छ भने समूह सी–वान को खेलमा स्कटल्यान्डले अल्बानियालाई ४–० गोलअन्तरले पराजित गरेको छ ।

युइएफए नेसल्स लिगअन्तर्गतकै समूह सी फोर मा रहेका सर्वियाले मोन्टेनेग्रोलाई २–१ र रोमानियाले लिथुनियालाई ३–० ले पराजित गरेका छन् ।

त्यस्तै समूह डी थ्रीमा रहेका अजरबैजानले फोराइ आइसल्यान्डलाई २–० र कोसोभाले माल्टालाई ५–० गोलअन्तरले पराजित गरेका छन् ।

संम्बन्धित समचार

Leave a Comment