स्थानीय तहको निर्वाचन: काङ्ग्रेसको एक महिने चुनावी अभियान आजबाट सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन २९, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन २९, काठमाडौ ।नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिने चुनावी अभियान आजबाट सुरु गर्दैछ ।

७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले अभियान थालनी गर्नेछन् । कांग्रेसले चुनावी अभियानको नारा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ तय गरेको छ । यस अभियानको क्रममा पार्टीका एजेण्डा, राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धि लगायतका विषयमा जनतालाई जानकारी दिने र जनताबाट सुझावसमेत लिने नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

डा.महतका अनुसार कांग्रेसको नेतृत्वमा हासिल उपलब्धिबारे जनतालाई जानकारी गराउने, एमसीसीबारेका भ्रमलाई चिर्ने र विगतको सरकारका पालामा भएका असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष राख्ने पनि डा. महतले बताए ।

चुनावी अभियानका लागि कांग्रेसका प्रतिनिधिहरु जिल्ला–जिल्लामा खटिइसकेका छन् ।

कांग्रेस नेता प्रकाशमान सिंहले अभियानको क्रममा जनताबाट संकलन गरिएका सुझावको आधारमा आगामी चुनावमा गठबन्धन गर्ने कि नगर्ने भनेर निर्णय लिइने बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस