रुम्जाटार यातायात व्यवस्था कार्यालयमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ फागुन २९, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २९,काठमाडौँ । सिभिल बैंकले ओखलढुङ्गा जिल्ला, सिद्धिचरण नगरपालिका–४, रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालन थालेको छ । सो एक्सटेन्सन काउन्टर उद्‌घाटन प्रदेश नं. १ का पूर्वमन्त्री अम्बिरबाबु गुरुङले गरेका हुन्‌ ।

काउन्टर उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य महासंघका ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्के, रुम्जाटार यातायात व्यवस्था कार्यालयका प्रमुख गोपाल दाहाल, सिद्धिचरण नगरपालिका–४ का अध्यक्ष रत्नबहादुर गुरुङ, रुम्जाटार माविका प्रधानाध्यापक गोकर्णबहादुर बानियाँ, सिभिल बैंकका चिफ क्रेडिट बिजनेस सुमन आचार्य र प्रदेश नं। १ का प्रदेश प्रमुख राजेश ढकाललगायत सहभागी रहेका बैंकले जानकारी दिएको छ ।

अब त्यस क्षेत्रका सेवाग्राहीहरूले यातायात व्यवस्था कार्यालयसँग सम्बन्धित सम्पूर्ण कर तथा दस्तुरहरूको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसँग गर्न सक्ने बैंकको दाबी छ । बैंकले हालसम्म करिब सात लाख ग्राहकहरूलाई ११५ शाखाहरू, ११ एक्सटेन्सन काउन्टरहरू तथा ९७ एटीएममार्फत सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस