इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ फागुन ३०, सोमबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

फागुन ३०,काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गएराति भएको खेलमा चेल्सीले न्युक्यासललाई १–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा चेल्सीलाई जिताउन काइ हार्भट्जले खेलको ८९औँ मिनेटमा गोल गरे । यो गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै २८ खेलमा ५९ अङ्क जोडेको चेल्सी अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

न्युक्यासल भने ३१ अङ्क जोडेर १४ औँ स्थानमा छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा वुल्भ्स, लिड्स युनाइटेड, वाट्फोर्ड, वेस्टह्याम र आर्सनल विजयी भएका छन् ।

लिड्सले नर्विचलाई, वेस्टह्यामले एस्टन भिल्लालाई र वाट्फोर्डले साउथह्याम्पटनलाई समान २–१ गोल अन्तरले हराउँदा आर्सनलसँग लेस्टर सिटी २–० गोल अन्तरले पराजित भयो । यस्तै, वुल्भ्स्ले एभर्टनलाई १–० गोल अन्तरले हराएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस