देशभर गर्मी बढ्यो

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ फागुन ३०, सोमबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

फागुन ३०,काठमाडौँ । देशभर गर्मी बढ्दो छ । आज पनि देशका धेरै ठाउँको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहेको छ ।

गएको २४ घण्टामा काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ ।

आज पनि यही आसपासमा अधिकतम तापक्रम पुग्ने मौसमविद् निराजन सापकोटाले बताए । यस्तै, धरानको अधिकतम तापक्रम ३४ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । अस्ति धरानको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

विराटनगर, जनकपुरसहित देशका धेरै ठाउँमा अस्तिको भन्दा हिजो गर्मी बढेको थियो । मौसमविद् सापकोटाले आज पनि हिजोको भन्दा गर्मी धेरै हुने अनुमान रहेको बताए। उनकाअनुसार प्रि–मनसुनमा तापक्रम बढ्दै जानु नौलो कुरा भने होइन ।

हरेक वर्ष प्रि–मनसुनको समयमा गर्मी बढ्छ । तर, जलवायु परिवर्तनको असरका कारण विश्वकै मौसममा परिवर्तन भइरहेकाले त्यसको प्रभाव नेपालमा पनि परेको हुनसक्ने उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस