चलचित्र ‘हिजो आजका कुरा’ आगामी असोज २८ गते रिलिज हुने

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७८ फागुन ३०, सोमबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

फागुन ३०,काठमाडौँ । फिल्म ‘हिजो आजका कुरा’ आगामी असोज २८ गते रिलिज हुने भएको छ । निर्माण युनिटले वितरकसँगको छलफलबाट फिल्मको रिलिज मिति तय गरेको हो । फिल्मको वितरक एफडी र बीके फिल्मस् रहेका छन् ।

साकार पन्तको निर्देशन रहेको फिल्म २०७७ वैशाख १२ गते प्रदर्शनको तयारीमा थिए । कोरोना महामारीका कारण फिल्म यो मितिमा रिलिज हुन भने सकेन ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव पन्त, रिमा विश्वकर्मा, जयनन्द लामा, जेविका कार्की लगायतको अभिनय छ । फिल्मका निर्माता पनि सन्तोष पन्त हुन् । कथा लेखेन समेत निर्माता पन्तको रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस