आईसीसी महिला टी–२० विश्वकप : अष्ट्रेलियामाथि भारतकाे जित

मंसिर २, काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा भारतले अष्ट्रेलियालाई हराएको छ । अष्ट्रेलियालाई ४८ रनले हराउँदै भारत समूह बीको विजेता बनेको छ ।

वेष्ट इण्डिजको प्रोभिडेन्समा भउको खेलमा टस जितेर ब्याटिङ रोजेको भारतले २० ओभरमा ८ विकेट गुमाउँदै १६७ रनको विशाल योगफल तयार पारेको थियो । भारतका लागि स्मृति मन्धनाले ८३ रनको उत्कृष्ट इनिङ खेलिन् । यस्तै हर्मनप्रित कौरले ४३ रन जोडिन् । बाँकी खेलाडी सस्तैमा आउट भए ।

बलिङतर्फ एलिसे पेरीले ३ विकेट लिइन् भने डेलिसा केमिन्स र अश्लेघ गार्डनरले २–२ विकेट लिए ।

१६८ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९ ओभरमा चार बलमा ११९ रनमा अलआउट भयो । यसअघि नै सेमिफाइनलमा पुगिसेकेको अष्ट्रेलियाका कुनै पनि खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् । उसका लागि एलिसे पेरीले दिएको अविजित ३९ रनको योगदान नै सर्वाधिक रन थियो । अश्लेघ गार्डनरले २० र बेथ मुनिले १९ रन जोडे ।

अष्ट्रेलियालाई कम स्कोरमा रोक्नका लागि अनुजा पाटिलले ३ विकेट लिइन भने दिप्ती शर्मा, राधा यादव र पुनम यादवले २–२ विकेट लिए ।

शनिबारै भएको अर्को खेलमा न्युजिल्याण्डले आयरल्याण्डमाथि ८ विकेटको सान्त्वना जित हात पा¥यो ।

संम्बन्धित समचार

Leave a Comment