झापा गोल्डकप: उपाधिका लागि आज आर्मी र झापा–११ खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ फागुन ३०, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन ३०,काठमाडौँ । झापा गोल्डकप फुटबलको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र झापा–११ खेल्दैछन् ।

खेल दिउँसो साढे २ बजे बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ ।

आज आर्मी उपाधि रक्षा अभियानका साथ मैदान उत्रिँदा झापा घरेलु मैदानमा पहिलो उपाधि जित्ने दाउमा हुनेछ । यसअघि आर्मीले तीन पटक झापा गोल्डकपको उपाधि जितेको थियो भने झापाले उपविजेतामा चित्त बुझाएको थियो।

प्रतियोगिताको उपाधि विजेताले नगद १२ लाख ५५ हजार रुपैयाँ र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ पाउने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस