जन्ती बोकेको टिपर पल्टियो, २ जनाको मृत्यु, २४ जना घाइते

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ फागुन ३०, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन ३०,काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका–५ ठाकुरखोलामा जन्ती बोकेको टिपर पल्टिँदा २ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् ।

हिजो बेलुका सवा ८ बजे ना ३ ख ७४९० नम्बरको टिपर अनियन्त्रित भइ पल्टिँदा उदयपुरको कटारी नगरपालिका–२ का १९ वर्षीय दिपेन्द्र कुमार र २४ वर्षका अजय दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते २४ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ । अन्य घाइतेको भने सिन्धुली, कटारी र विराटनगरका अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

बेहुला र बेहुली अर्कै गाडीमा भएकाले उनीहरु सुरक्षित रहेका पनि प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस