प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन ३०, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन ३०,काठमाडौँ । संसदीय सुनुवा समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।

आज सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्याय परिषदबाट आएका विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको हो ।

बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र १० दिनपछि समितिको बैठमा सुनुवाइको काम प्रारम्भ हुने बताए । उनले यो सूचना सर्वसाधारणलगायत सबै सरोकारवालालाई जारी गरिने बताए ।

सभापति कर्णले भोलि मङ्गलवारदेखि त्यो सूचना सरोकारवाला निकाय र आम नागरिकमामा जाने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस