युक्रेनमा प्रतिमिनेट ५५ जना बालबालिका शरणार्थी बन्न थाले: राष्ट्रसंघ

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ चैत्र ३, बिहिबार (३ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत्र ३,काठमाडौँ । युक्रेनमा प्रतिमिनेट ५५ जना बालबालिका शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।
गएको फेब्रुअरी २४ देखि रूसले आक्रमण सुरु गरेयता अहिलेसम्म तीस लाखभन्दा धेरैले युक्रेन छाडेको राष्ट्र सङ्घको प्रारम्भिक तथ्याङ्क छ ।

यी मध्ये झण्डै एक लाख ५७ हजार तेस्रो देशका नागरिक रहेका अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम) का प्रवक्ता पल डिलनले बताउनुभएको छ । तीस लाखको आधा सङ्ख्यामा झण्डै १५ लाख बालबालिका युक्रेनबाट बाहिरिएका छन् । युक्रेनमा हरेक दिन ७० हजारभन्दा धेरै बालबालिका शरणार्थी भएका छन् ।

संयुक्त राष्ट्र सङ्घ बाल कोषका प्रवक्ता जेम्स एल्डरले हरेक मिनेट ५५ जना बालबालिका देश छोडेर विदेशिने गरेका उल्लेख गर्नुभएको बीबीसीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस