निर्वाचन आचारसंहिताको प्रावधानप्रति एमाले नेताको आपत्ति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र ४, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत ४, काठमाडौं । नेकपा एमालेका नेताहरूले स्थानीय चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानप्रति आपत्ति जनाएका छन् । एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानको विरोध गरेका हुन् ।

बिहीबार सार्वजनिक निर्वाचन आचार संहितामा कुनै स्थानीय तह वा उसको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदानप्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेका निर्वाचित वा मनोनीत पदाधिकारीले स्थानीयतहको निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नुअघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने उल्लेख छ ।

एमाले उपमहासचिव रिमालले सामाजिक सञ्जालमा लेख्दै निर्वाचनमा जाँदा पदको दुरुपयोग नहोस् भनेर सोच्नुपर्नेमा त्यसलाई देखाएर कामै रोक्नु ठीक नभएको उल्लेख गरेका छन् । प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नुनपर्ने तर स्थानीय तहका प्रधानमन्त्री अर्थात् पालिका अध्यक्ष वा मेयरहरुले चाहिँ चुनावमा जानुअघि पद खाली गरी जनतालाई दिनुपर्ने सेवा नै किन बन्द गर्नुपर्ने भनेर उनले प्रश्न गरेका छन् ।

‘कुनै पनि सेवा अवरुद्ध नहोस् भनेर अवधि सकिनु दुई महिना अघि चुनाव गर्नुपर्ने कानुनी प्रावधान राख्ने’, निर्वाचन आयोगलाई सम्बोधन गर्दै रिमालले सोधेका छन्, ‘तर त्यही कानुन विपरीत पद खाली गर्ने प्रावधान आचारसंहितमा किन राख्ने ?’

हिजो राजपत्रमा प्रकाशित भएको आचारसंहिता निर्वाचन आयोगले तोकेको मितिदेखि लागू हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस