शिक्षण लाइसेन्स परीक्षामा बस्तुगत प्रश्न मात्रै सोधिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र ४, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत ४, काठमाडौँ । शिक्षण अनुमति पत्र (लाइसेन्स) को परीक्षामा अबदेखि बस्तुगत प्रश्न मात्रै सोधिने भएको छ । शिक्षक सेवा आयोगको फागुन २ मा बसेको बैठकले शिक्षण लाइसेन्स परीक्षामा बस्तुगत प्रश्न मात्रै सोध्ने गरी पाठ्यक्रम परिवर्तन गर्ने निर्णय गरेको थियो ।

यसअघि ४० प्रतिशत बस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोधिने गरिएको थियो । माध्यामिक र निम्न माध्यामिक तहको शिक्षण अनुमति पत्र प्राप्त गर्ने परीक्षाका हकमा पाठ्यक्रम परिवर्तन गरिएका हुन् ।

आयोगका अनुसार अबदेखि एक सय पूर्णाङ्कको बस्तुगत प्रश्न सोधिनेछ, जसमा ५० वटा प्रश्न हुनेछन् । एउटा प्रश्नको जवाफ मिलाएमा परीक्षार्थीले २ नम्बर पाउनेछन् । यसका लागि एक घन्टाको परीक्षा हुनेछ भने पास हुन ५० नम्बर ल्याउनुपर्छ ।

परीक्षाफल छिटो आउने भएकोले बस्तुगत प्रश्न मात्रै सोध्ने निर्णय गरिएको आयोगका पदाधिकारी बताउँछन् । उनीहरूका अनुसार ओएमआर पद्धतिबाट प्रश्नपत्र जाँच गर्दा परीक्षाफल निकाल्न सजिलो र छिटो हुन्छ । यो पाठ्यक्रम चैत २ पछि हुने परीक्षामा लागू हुने पनि आयोगले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस