पाकिस्तानमा इमरान खान नेतृत्वको सरकार संकटमा !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ चैत्र ४, शुक्रबार (३ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र ४,काठमाडौँ । पाकिस्तानमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएसँगै इमरान खान नेतृत्वको सरकार संकटमा परेको छ ।

मार्च ८ तारिखका दिन पाकिस्तानी संसदमा प्रधानमन्त्री खानविरुद्ध प्रमुख प्रतिपक्षी दल पाकिस्तान मुस्लिम लिग(एनले अविश्वासको प्रस्ताव पेश गरिसकेको छ । विपक्षी दलले पेश गरेको अविश्वासको प्रस्तावको पक्षमा सत्तारुढ दल पाकिस्तान तेहरीकए इन्साफ (पीटीआई) का २४ जना सांसदले भोट हाल्ने बताइसकेका छन् ।

बिहीबार मात्रै सिन्ध हाउसमा लुकेर बसेका पीटीआईका सांसद प्रधानमन्त्री खानकोविरुद्धमा खुलेका थिए । खानले इस्लामावादस्थित सिन्ध हाउसलाई सांसद किनमेल गर्ने स्थान बनाएको आरोप लगाइसकेका छन् ।

सिन्ध हाउसमा सत्तारुढ दलका सांसद लुकेर बसेको तथ्य बाहिरिएपछि खानले सभामुख असद काइसरलाई मार्च २१ मा तल्लो सदनको बैठक बोलाउन निर्देशन दिएका छन् । त्यो बैठकअघि नै पीटीआई छाड्न सक्ने संभावित सांसदलाई कारबाही गर्ने प्रधानमन्त्री खानको तयारी छ । ‘प्रधानमन्त्री खानले अविश्वासको प्रस्तावमाथि भोट हुनुअगावै उनीहरूलाई हटाउने निर्णय गर्नु भएको छ’, सञ्चार मन्त्री फवद चौधरीले भने ।

पीटीआईका नेताहरूले पत्रकार सम्मेलनमा गरेर पैसा दिएर आफ्ना केही सांसदलाई विपक्षीहरुले किन्ने प्रयास गरेको आरोप लगाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस