‘एमाले अब ‘बी’ माले भयो, एकीकृत समाजवादी मूलधारको पार्टी हो’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र ५, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत ५, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अब एमाले नरहेको टिप्पणी गरेको छन् । शनिबार गोरखामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले एमाले पनि अब एमाले नरहेको बताए ।

अध्यक्ष नेपालले आफूले विद्रोह गरेर निर्माण गरेको पार्टी ०७५ जेठ २ को नेकपाको निरन्तरता भएको दाबी गर्दै भने, ‘मूलधारको पार्टी हाम्रो हो । त्यो कुरा जनताले बुझिसकेका छन् । हामीले विद्रोह गरेर निर्माण गरेको पार्टी नेकपाको निरन्तरता हो । नेकपा एमाले अब एमाले रहेन । बी माले, सीमाले भन्नुस्। अब सूर्यमा ग्रहण लागिसक्यो ।‘

नेपालले एमालेबाट विद्रोह गरेर आफूले निर्माण गरेको पार्टीमा देशव्यापी लहर चलेको बताए । आगामी निर्वाचन आफ्नो पार्टीको अग्निपरीक्षा भएकाले त्यसको तयारीमा केन्द्रित हुन आग्रह गरे ।

अध्यक्ष नेपालले भने, ‘अहिले हाम्रो अग्निपरीक्षा सुरु भइरहेको छ । तर, हामीले दुईवटा अग्निपरीक्षामा सफल भइसकेका छौँ । केपी ओलीलाई पराजित गरेर कलम चिह्नले जितिसकेका छौँ । हाम्रो पार्टीको तागतलाई मान्छेहरूले अनुमान गरिरहेका छन् । केपी ओलीसँग टक्कर लिएर अर्को पार्टी बनाउन सक्दैन भन्ने लाग्थ्यो । तर, ओली जेलमा बसेको बेलामा मैले यो पार्टी बनाएको हो ।’

दुई तिहाइको सरकार हुँदा ओलीको अहंकारको कारणले प्रतिनिधिसभा विघटन गरेर उपलब्धि ध्वस्त पार्न खोजेको टिप्पणी गरे । ‘प्रचण्डजीको काँधमा चढेर आफूलाई ठूलो बनाउन खोजे । ओलीले हामीलाई पार्टीबाट निकालेपछि विद्रोहको झण्डा लिएर हिँड्यौँ ।’ उनले भने, ‘ओलीमा दक्षिणपन्थी धार देखियो । क्रान्तिकारी धार छाडे, भ्रष्टाचारमा डुबे, गफमा मात्रै गरिरहे ।’

ताजा अपडेट

खोजी गर्नुहोस