थप १७ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या शून्य

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र ५, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत ५, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ हजार ५ सय ४३ जनामा नमुना परीक्षण गरिएको हो ।

मन्त्रालयका अनुसार सोही अवधिमा थप ४ सय ९ जना कोरोनाका संक्रमित संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

मन्त्रालयका अनुसार हाल देशमा ३ हजार ५ सय ९५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । आज ८ हजार ७ सय २९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस