अकासियो फलफुलको आयात, ४ अर्ब बढीको स्याउ मात्रै भित्रियो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र ५, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत ५, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलफुलको आयात अकासिएको छ । सो अवधिमा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० रुपैंया मूल्य बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको हो । तीमध्ये सबैभन्दा बढी स्याउको आयात भएको छ ।

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट पुष्तिका मार्फत आगामी तीन वर्षमा नेपाललाई फलफुलमा आत्मनिर्भर बनाउने घोषणा गरेको थियो । तर, गत सात महिनामा मात्रै छिमेकी मुलुक भारत र चीनलगायतका मुलुकहरुबाट चार अर्ब ३७ करोड ८१ लाख ११ हजार मूल्य बराबरको स्याउ आयात भएको भन्सार विभागले जनाएको छ ।

यसैगरी सोही अवधिमा नेपालमा रु ७८ करोड ५१ लाख १५ हजार छ सय मूल्यका बराबरका सुन्तलाको आयात भएको छ । यस्तै, कागतीमा ९० प्रतिशत भारतमा निर्भर हुनु परेको कृषि तथ्याङ्कले देखाएको छ ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा रु ४५ करोड ९२ लाख ६० हजार मूल्य बराबरका विभिन्न जातको ९५ लाख ७४ हजार ५३४ केजी आँप भारत, थाइल्यान्ड र युगान्डाबाट आयात भएको विभागको तथ्यांक छ ।

ताजा अपडेट

खोजी गर्नुहोस