डाहा गर्दैमा कसैले पार्टी स्थापित हुनबाट रोक्न सक्दैन्: अध्यक्ष नेपाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र ५, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र ५,काठमाडौँ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कसैले डाहा गर्दैमा पार्टी स्थापित हुनबाट रोक्न नसक्ने बताएका छन् ।

एकिकृत समाजवादी धुनिवेसी नगरकमिटिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेशको लहर चलेको बताए । जनताको भावनालाई कदर गर्दै पार्टी समाजवादी पार्टी अघि बढेको बताउँदै नेपालले समाजवादी पार्टीबाट नै देशको समृद्धि सम्भब छ भन्ने जनताको आशा बढेको बताए । ‘कुरा हैन हामी काम गरेर देखाउने छौ’ उनले भने ।

राज्यको पैसा सहि ठाउँमा सदुपयोग गर्न अध्यक्ष नेपालले पार्टीका मन्त्री र जनप्रतिनिधिलाई निर्देशन दिए । देशभर पार्टीले चुनावी अभियान सुरु गर्ने बताए । ‘काग्रेसमा केहि मान्छेहरू एक्लै चुनावमा जाने भनिरहेका छन । तर पार्टी सभापति गठबन्धनलाई चुनाव सम्मै लैजान तयार छन्’ नेपालले भने–‘चुनावमा तालमेल गर्नेबारे छलफल चलिरहेको छ ।’ कुनै पार्टीसँग तालमेल नभएपनि आफ्नै बलमा लड्न तयार रहेको उनले बताए ।

एकिकृत समाजवादी पार्टी गठन भएको एक बर्षमा सफलता हासिल गरेको पनि अध्यक्ष नेपालको भनाई छ । ‘कलम न्याय र सत्यको प्रतिक हो । मेचीदेखि महाकालीसम्म पार्टीको लहर आएको छ । गण्डकी प्रदेशमा पार्टीभित्र आउनेको लहर सुरु भएको छ’ अध्यक्ष नेपालले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस