‘ओलीको सर्वसत्तावाद बिरुद्ध उभिन बाध्य भयौँ ‘ : मुख्यमन्त्री पाण्डे

चैत्र ५,धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केपी ओलीले पार्टीलाई व्यक्तिगत कोटरी बनाए आफ्ना मान्छे भर्ती केन्द्र बनाएको टिप्पणी गरेका छन् ।

धादिङको धुनिवेसी नगर कमिटिको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले ओलीको सर्वसत्तावाद बिरुद्ध उभिन बाध्य हुनु परेको स्पष्ट पारे ।

‘ओलीको गोजीमा पार्टी केन्द्रिय कमिटी रह्यो’, नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष समेत रहेका पाण्डेले भने– ‘हामी अब सुधृढ र जनताको मर्म बुझ्ने अनुशासित पार्टी बनाउछौं, हामी युवाहरुलाई प्राथमिकता दिने पार्टी बनाउने छौँ ।’ खसी काटेर गाउँगाउँमा भोज लाउदै मान्छे फकाएर कम्युनिस्ट पार्टी अघि नबढ्ने उनले तर्क गरे । उनले बागमती प्रदेश सरकारबाट धुनीबेसीमा भैरहेको बिकासको बिषयमा जानकारी गराएका थिए ।

उद्घाटन समारोहलाई नेकपा एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य गुरुप्रसाद बुर्लाकोटी, केन्द्रिय मायादेवी शर्मा, इन्दिरा ढुंगाना, प्रदेश कमिटि सदस्य एवं धुनिवेसीका मेयर बालकृष्ण आचार्य, जिल्ला कमिटिका उपाध्यक्ष नारायण कार्की, सचिव सुवास खतिवडा र युवा नेता कुमार पाण्डेले सम्बोधन गरेका थिए ।

धुनिवेसी नगरपालिका ५ धुनिवेसी पार्कमा सम्पन्न अधिवेशनले ७८ सदस्यीय नगर कमिटि घोषणा गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply