पर्सामा टेम्पो दुर्घटना, चालकको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ चैत्र ६, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत ६, काठमाडौं । पर्साको ठोरी गाउँपालिका ३ मा आज बिहान टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । टेम्पोमा सवार अन्य २ जना घाइते भएका छन् ।

रामनगरबाट बिजयवस्ती तर्फ जाँदै गरेको प्रदेश २ ०३ ००१ ह ६२८ नम्बरको टेम्पो आज बिहान साढे ३ बजे दुर्घटना हुँदा पर्साको ठोरी गाउँपालिका ४ का बीरबहादुर विश्वकर्माको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ठोरी ३ का खेल बहादुर विश्वकर्मा र विजय सुनार सामान्य घाइते छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस